नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

४ बर्ष अगाडि

काठमाडौं - नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक आज बस्दैछ ।  एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच कटुता बढिरहेको बेला बैठक बस्न लागेको हो । 

स्थायी कमिटीको बैठक बिहान ११ बजे ललितपुरस्थित तुलसीलाल प्रतिष्ठानमा बोलाइएको छ । त्यसपछि दिउँसो तीन बजे संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बस्ने छ ।

बैठकमा माधव नेपाल पक्षका नेताहरुलाई पनि बोलाइएको स्रोतले जनाएका छ । यद्यपि नेपाल पक्षका नेताहरु बैठकमा जाने कि नजाने भन्ने टुंगो लागिसकेको छैन । अध्यक्ष ओलीले नेपालसँग सल्लाह नै नगरी एकपक्षीय रुपले बैठक बोलाएको आरोप नेपाल पक्षका नेताहरुले लगाएका छन् । 

एकपक्षीय रुपमा बोलाइएको बैठकमा सहभागी हुन नहुने नेपाल पक्षका केही नेताहरुको मत छ । नेपाल पक्षका नेता एवम् एमाले उपाध्यक्ष युवराज ज्ञवालीले स्थायी कमिटीको बैठकमा सहभागी नहुने बताए ।

४ बर्ष अगाडि

प्रतिक्रिया