काठमाडौं - कोरोना महामारीका कारण काठमाडौं उपत्यकामा अझै १०दिन विद्यालय तथा कलेजहरुमा भौतिक उपस्थितिमा अध्ययनरअध्यापन गराउन नपाइने भएको छ ।
काठमाडौं उपत्यका तीन वटा जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेध आदेशमा सो कुरा समेटिएको हो । गत वैशाख १६ गतेबाट उपत्यकामा निषेधाज्ञा सुरु भएसँगै भौतिक उपस्थितिमा अध्ययनरअध्यापन निषेध गरिएको हो ।
लिखित–प्रयोगात्मक परीक्षाहरु भने ठूलो हलमा २५ जनाभन्दा बढी मानिस जम्मा नहुने गरी लिन सकिने जनाइएको छ । साथै उपत्यकामा २५ जनासम्मको भौतिक उपस्थितिमा गोष्ठी, तालिम, सेमिनार र बैठकको आयोजना गर्न पाइने भएको छ ।
प्रतिक्रिया