काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा आज बालुवाटार सर्दैछन् । प्रधानमन्त्री देउवा आज विहान ९ः५७ बजेको शुभ साइतमा बालुवाटार सर्ने उनको सचिवालयले जनाएको छ ।
गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएपनि निजी निवास बूढानीलकण्ठमै बस्दै आएका थिए । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै बुधबार निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छोडेका थिए ।
प्रतिक्रिया