अवैध मोबाइल रोक्ने एमडिएमएस आजबाट लागू, विदेशबाट ल्याएको फोनमा आईएमईआई दर्ता अनिवार्य

४ बर्ष अगाडि

काठमाडौं - सरकारले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम कार्यान्वयनमा ल्याएको छ । मोबाइल आयातलाई नियमन गर्न नेपाल दूरसञ्चार प्राधिकरणले एमडीएमएस सञ्चालनमा ल्याएको हो ।

हाल पहिलो चरणमा व्यवसायिक आयातकर्ताले मोबाइलको आयात गर्दा आईएमईआई रजिस्ट्र्र्रेसन मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टम मार्फत गर्ने व्यवस्था मिलाइएको छ । साथै यस प्रणालीलाई क्रमश पूर्णरूपमा लागू गरी मोबाइलको आयात एवम् प्रयोगलाई थप व्यवस्थित, भरपर्दो र सुरक्षित बनाइने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले एक सुचना जारी गर्दै एमडीएमएस सञ्चालनमा ल्याएको जानकारी दिएको छ । ‘मोबाइल सेटको आयातपूर्व अनिवार्य रूपमा प्राधिकरणबाट स्तर स्वीकृति (टाइप अप्रुभल) गर्न तथा आईएमईआई नम्बर दर्ता गर्नुपर्ने प्रावधान भएकोले सोको लागि दूरसञ्चार प्राधिकरणबाट मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टम लागू गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ प्राधिकरणको सूचनामा उल्लेख छ ।

हाललाई व्यक्तिगत रूपमा आयात गरेको मोबाइलको दर्ता प्राधिकरणको वेबसाइटबाट गर्न सकिने छ । हाल सञ्चालनमा रही प्रयोगमा आएका मोबाइलहरू सञ्चालनमा कुने वाधा अवरोध नआउने बताइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया