बजेटले तोकेको पूँजीगत लाभकरको नयाँ व्यवस्था आजबाट लागू

४ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्षको बजेटले व्यवस्था गरेको पूँजीगत लाभकरको नयाँ व्यवस्था आजदेखि लागू भएको छ ।

बजेटले अल्पकालिन र दीर्घकालिन लगानीकर्तालाई छुट्याउदै अल्पकालीन लगानीकर्तालाई बढी र दीर्घकालीन लगानीकर्तालाई कम कर लाग्ने व्यवस्था गरेको थियो । सोहि अनुसार अबदेखि लगानीकर्ताले तिर्ने करको दर परिवर्तन भएको छ ।

अब खरिद गरेको एक वर्षभन्दा कम अवधिमा शेयर बिक्री गर्ने लगानीकर्ताले पूँजीगत लाभको साढे सात प्रतिशत कर तिर्नु पर्नेछ । यसैगरी, एक वर्षभन्दा धेरै अवधिको लागि शेयर होल्ड गरी बिक्री गर्ने लगानीकर्ताले यसअघिकै अर्थात ५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्नेछ ।

बजेटले व्यवस्था गरे अनुसार पूँजीगत लाभकर गणनाको लागि सिस्टम तयार भइसकेको सिडिएसीले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया