एटीएम तोडफोड गर्ने १ जना पक्राउ

७ बर्ष अगाडि

काठमाडौं–राजधानीको बानेश्वरस्थित मुक्तिनाथ विकास बैंकको एटीएम तोडफोडमा संल्यन रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहको सुखीपुर न।पा।वडा नं ६ घर भएका १८ वर्षीय किशोर यादव  रहेको प्रहरीले जनाएको छ । 

मंसिर ११ गते राती १ बजे चोरी गर्ने उद्देश्यले यादवले एकटीएम तोडफोड गरेको खुल्न आएको प्रहरीले जनाएको छ । घटनाबारे महानगरीय प्रहरी वृत्त वानेश्वरमा उजुरी परेपछि सीसीटीभी फुटेजको आधारमा प्रहरीले यादवलाई पक्राउ गर्न सफल भएको हो । 

 यादवलाई प्रहरी वृत्त वानेश्वरमा ल्याई चोरी कसुर अन्तर्गत मुद्दामा म्यादथप गरी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया