मुख्यमन्त्रीको सम्बेधन पछी लुम्बिनी प्रदेश सभा बाट बाहिरियो सत्तापक्ष

४ बर्ष अगाडि

काठमाडौं– लुम्बिनी प्रदेश सभा बैठक छाडेर सत्ता पक्ष बाहिरिएको छ । बिहीबार बसेको प्रदेशसभा बैठकलाई मुख्यमन्त्री शंकर पोखरेलले सम्बोधन गरेलगत्तै सत्तापक्षका सांसदहरु बैठक कक्षबाट बाहिरिएका हुन् ।

सत्तारुढ दल एमालेका सांसदहरु बाहिरिएपछि अलमलमा परेका सभामुख  पुर्णबहादुर घर्तीले थप छलफलका लागि भन्दै बैठक स्थगित गरेका छन् ।

यसअघि प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले जनता समाजवादी पार्टीका ४ जना सांसदको मुद्दा अदालतमा विचाराधीन रहेकाले  अझै धैर्य गर्न विपक्षी दलहरुलाई आग्रह गरेका थिए । उनले प्रदेशवासीको आकांक्षा पूरा गर्न बजेट महत्वपूर्ण रहेको भन्दै बजेट पास गर्नका लागि सहयोग गर्न पनि विपक्षी दलहरुलाई आग्रह गरेका थिए ।

उनले संविधानको अर्को धारा अनुसार नयाँ सरकार गठनका लागि आफ्नो रुची नभएको पनि बताए ।

बैठकमा एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले समामुखसँग छलफलका लागि थप समय माग गरेका थिए ।

लुम्बिनी प्रदेश सरकारले असार १ गते आर्थिक वर्ष २०७८÷८९ को बजेट  पेस गरेको थियो । उक्त बजेटलाई प्रदेशसभामा निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहे पनि सत्ता पक्षका सांसदहरु प्रदेशसभाबाट बाहिरिएका हुन् ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया