काठमाडौं– सत्ता पक्षीय ५ दलीय गठबन्धनको बैठक सिंहदरबारमा जारी रहेको छ ।
केहीबेर अघि सुरु भएको उक्त बैठकमा सरकार सञ्चालनका विषयमा छलफल भएको बुझिएको छ ।
‘खासगरी सरकार सञ्चालनका विषयमा छलफल गर्न भनेर बोलाइएको छ । छलफल भएपछि मात्रै थाहा होला’, गठबन्धनमा रहेका एक नेताले रातोपाटीसँग भने, ‘सम्भवत मन्त्री र मन्त्रालयका बारेमा छलफल होला ।’
गठबन्धनमा रहेका दलहरु मध्ये कसलाई कति मन्त्रालय दिने र को को मन्त्री बनाउने भन्ने टुङ्गो लाग्न सकेको छैन । यसअघि माओवादी केन्द्रले उच्चस्तरीय राजनीति संयन्त्र बनाउनुपर्ने प्रस्ताव अघि सारेको थियो ।
प्रतिक्रिया