उपत्यकामा पुनः १० दिन निषेधाज्ञा थप

४ बर्ष अगाडि

काठमाडौंं उपत्यकामा पुनः १० दिन निषेधाज्ञा थप भएको छ । आज बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले पुरानै नियम जारी राखेर १० दिन निषेधाज्ञा थप्ने  निर्णय गरेको हो ।
 
मोडालिटी फेरबदल भएको छैन । बाहिरबाट आउने सवारी साधनको हकमा सिडिओसँग समन्वय गरेर आउन पाउने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्राईले बताए  । यस्तै पसलहरुको समय भने थप गरिएको छ। साँझ ७ बजेसम्म पसलहरु खोल्न दिने निर्णय भएको छ।

लामो दुरीका सार्वजनिक सवारी सम्बन्धी कुनै पनि निर्णय गरेको छैन। लामो दुरीका सार्वजनिक सवारी साधनलाई मन्त्रिपरिषद्को बैठकले नै खोल्ने भएकाले कुनै पनि निर्णय नभएको भट्राईले बताए 

४ बर्ष अगाडि

प्रतिक्रिया