५५ लाख जरिवाना ठहर बैंकिङ कसुरमा फरार श्रेष्ठ पक्राउ

४ बर्ष अगाडि

काठमाडौं,  बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–१० थापागाउँ बस्ने ललितरपुर महालक्ष्मी नगरपालिका–४ घर भएका ४९ वर्षीय गणेशमान श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७७ फागुन ४ गतेको फैसलाले १५ दिन कैद र ५५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले ललितपुर लामाटारबाट फेला पारी पक्राउ गरेको हो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया