काठमाडौं, बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रू. ५० अर्ब बराबरको विकास ऋणपत्र सूचीकृत भएको छ ।
नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेको ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । २०८४ च, २०८३ ग नामको छ वर्षे, २०८४ ङ नामको ७ वर्षे र २०८५ घ र २०८५ ङ नामको आठ वर्षे विकास ऋणपत्र धितोपत्र सूचिकरण विनियमावली २०७५ अनुसार सूचीकृत भएको नेप्सेले बताएको छ ।
प्रतिक्रिया