एक महिला सहित ३ जना मृत फेला

४ बर्ष अगाडि

झापाको गौरादह नगरपालिका–१ गेउरियाचोक नजिकै एक महिला मृतावस्थामा फेला परेकी छिन् ।  अन्दाजी ३९ वर्षीया सङ्गीता टुडु मृतवस्थामा आज बिहान फेला परेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक अनिल माबोहाङले जानकारी दिए । फरार भएका मृतककी श्रीमान्को खोजी भइरहेको प्रहरीले जनाएको छ ।

मोरङ र तनहुँमा दुईजना मृत अवस्थामा फेला परेका छन् ।

मोरङको रतुवामाई नगरपालिका–७, कजला खोलाको बाँसको पुलमुनि संखुवासभाका ३४ वर्षीय पिम्बा दोर्जे भोटे मृत अवस्थामा फेला परेका छन् । उनी सो क्षेत्रमा जडीबुटी औषधि बेच्दै हिँड्ने गरेको बुझिएको छ ।

यस्तै तनहुँको शुक्लागण्डकी नगरपालिका–९, सिम्लेस्थित खेतमा सोही शुक्लागण्डकी–१० बस्ने ३९ वर्षीय बाबुराम नेपाली मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया