मोबाइल लुटपाटमा संलग्न ३ जना पक्राउ

४ बर्ष अगाडि

काठमाडौं - काठमाडौंको बौद्ध क्षेत्रमा मोवाइल लुटपाटमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको निजगढ घर भएका समिर तामाङ, विरस मगर र खोटाङ घर भएका १९ वर्षीय भिम राई छन् । 

मोटरसाईकलमा हिँड्ने उनीहरुले बाटोमा हातमा मोवाइल लिएर हिँडेका र फोनमा कुरा गर्दै हिँड्नेहरूको मोवाइल लुटेर भाग्ने गरेका थिए । उनीहरुको साथबाट लुटेको २० थान मोवाइल बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेशकुमार बस्नेतले बताए । 

लुटमा संलग्नहरूबारे महानगरीय प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया