काठमाडौं, आन्तरिक राजश्व कार्यालय भैरहवाले राजश्व संकलनको वार्षिक लक्ष्यभन्दा डेढ अर्ब बढी राजस्व संकलन गरेको छ ।
चालु आवमा उक्त कार्यालयलाई कुल ९ अर्ब ८० करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य दिइएको थियो । जसमध्ये, अन्तशुल्क ६ अर्व ३४ करोड, भ्याट १ अर्ब ३७ करोड र आयकरतर्फ १ अर्ब ९२ करोडको लक्ष्य पाएको थियो ।
कार्यालयले आव पूरा हुनुभन्दा एक महिना अगावै अर्थात असार १७ गतेसम्म उक्त कार्यालयले ११ अर्ब १३ करोड रुपैयाँ राजश्व संकलन गरेको छ ।
राजश्व कार्यालय भैरहवाले पश्चिम नवलपरासीको र रुपन्देहीको बुटवल र सैनामैना नगरपालिका बाहेक देवदह र तिलोत्तमा नगरपालिकाको आंशिक वडासहितको क्षेत्रलाई समेटेको छ । अन्तशुल्कतर्फको राजश्व संकलनमा ६० प्रतिशत निर्माणजन्य उद्योग र ४० प्रतिशत मदिरा तथा सूर्तीजन्य उद्योगको योगदान हुने गरेको छ ।
अघिल्लो आवमा यस क्षेत्रमा ४ हजार १ सय १८ जना अन्तशुल्कका करदाता रहेकामा चालु आवमा बढेर ४ हजार ७ सय जना पुगेका छन् । यसैगरि, भ्याटतर्फ ६ हजार ५ सय १९ जना करदाताबाट ७ हजार ५ सय, व्यक्तिगत प्यानमा ४२ हजार ८ सय ७९ बाट ५३ हजार ६ सय र आयकरमा ४२ हजार ८ सय ७९ जना करदाताबाट बढेर यस बर्ष करिव ५२ हजार पुगेका छन् ।
प्रतिक्रिया