काठमाडौं, नबिल बैंक लिमिटेडको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको ५३ हजार १०० कित्ता संस्थापक शेयर बिक्री भएको छ ।
बैंकले आफ्नो स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ९० हजार ६५३ कित्ता शेयर असार ६ गतेदेखि १७ गतेसम्म र असार १८ गतेदेखि २९ गतेसम्म गरी दुई चरणको लिलामी मार्फत उक्त शेयर बिक्री गरेको हो ।
पहिलो चरणको लिलामीबाट १ हजार कित्ता मात्र शेयर बिक्री गरेको बैंकले दोस्रो चरणको लिलामीमा ५३ हजार १०० कित्ता शेयर बिक्री गरेको हो । पहिलो लिलामीमा प्रतिकित्ता ७५० रुपैयाँ तोकेर लिलामीमा ल्याएको बैंकले दोस्रो चरणमा ५० रुपैयाँ घटाएर शेयर बिक्रीमा ल्याएको थियो ।
बैंकका स्वामित्वमा रहेको १ लाख ९० हजार ६५३ कित्ता शेयरमध्ये अब बैंकसँग १ लाख ३६ हजार ५५३ कित्ता शेयर बिक्री गर्न बाँकी रहेको छ ।
प्रतिक्रिया