काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १३ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात बुधबार १.०१अंक बढेर २८७२.०५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १३.३५ अंक बढेर २८८५.४० विन्दुमा पुगेको छ।
बिहीबार प्रि ओपन सेसनमा ४२ कम्पनीको शेयर खरिदबिक्री भएको छ। जसमध्ये २५ कम्पनीको शेयरमूल्य बढेको छ भने १० कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ३ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
प्रतिक्रिया