देशभर मनसुनी वायुको प्रभाव, यी स्थानमा भारी वर्षा हुने !

४ बर्ष अगाडि

अहिले देशभर सामान्य बदली रही  प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरू र बाकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको  छ।
 
 देशभर मनसुनी वायुको प्रभाव रहेकाले  बिहीबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश र सुदूर–पश्चिम प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

राती देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र  लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित भारी वर्षाको  सम्भावना रहेको छ।

शुक्रबार लुम्बिनी तथा गण्डकी प्रदेशका एक(दुई  स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। शनिबार सुदुरपश्चिम, लुम्बिनी तथा गण्डकी प्रदेशका थोरै  स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। 

बाढी पुर्वानुमान महाशाखाका अनुसार कन्काई, कमला, बागमती, पूर्वी राप्तीमा बहाब सामान्य घटबढ हुने तथा सबैमा सतर्कता तह भन्दा तलै रहने, तिनाउ, पश्चिम राप्ती र बबई जलाधारका केही सहायक नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाब हुन सक्ने पूर्वानुमान छ। प्रदेश १ को ईलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, पाँचथर, उदयपुर,सोलुखम्बु, संखुवासभा, ओखलढुङ्गा, खोटाङ, प्रदेश २ को महोत्तरी, धनुषा, बागमती प्रदेशको दोलखा, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, काठमाडौं, चितवन, मकवानपुर, गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, नवलपुर, स्याङ्गजा, कास्की, म्याग्दी, बाग्लुङ,पर्वत, लुम्बिनी प्रदेशको परासी, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम पूर्व, दाङ, बाँके, बर्दिया, कर्णाली प्रदेशको रुकुम पश्चिम, जाजरकोट, दैलेख, सुदूरपश्चिम प्रदेशको दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली, कंचनपुर र आसपास जिल्ला भई बहने स(साना नदीहरुमा बहाव केही बढ्ने र केहीमा आकस्मिक वहाव हुन सक्ने पुर्वानुमान छ।

४ बर्ष अगाडि

प्रतिक्रिया