अमेरिकामा पासपोर्टका लागि १० लाख बढीले दिए आवेदन, नयाँ लिन १८ साता कुनुपर्ने

४ बर्ष अगाडि

एजेन्सी - अमेरिकामा पासपोर्ट वितरणमा संकट आएको छ । कोरोना महामारीले लामो समय कामहरु ठप्प भएकोले पासपोर्ट वितरणमा संकट आएको हो ।  

सथै ठूलो संख्यामा पासपोर्टको लागि आवेदन परेको बताइएको छ । अमेरिकी स्टेट डिपार्टमेन्टले पासपोर्टका लागि १० लाख भन्दा बढीले आवेदन दिएका छन् । पासपोर्ट सेवाकी उपसहायक सचिव राचेल आर्डन्टका अनुसार पासपोर्ट नयाँ लिन वा नवीकरण गर्न कम्तिमा पनि १८ साता कुर्नुपर्ने हुन्छ ।

द्रुतसेवा अन्तर्गत लिन चाहनेले ६० डलर तिरेर १२ सातामा लिन सकिने पनि उनले बताएकी छिन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया