बहराइनले नेपाललाई राख्यो 'रेड जोन' मा

४ बर्ष अगाडि

काठमाडौं - नेपालीहरुको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य बहराइनले नेपाललाई 'रेड जोन' सुचिमा रखेको छ । 

कोरोना भाइरस संक्रमणको उच्च खतरा रहेको भन्दै बहराइनले मंगलबार कोरोना भाइरस ट्राभल्स सूची अपडेट गरी नेपाललाई ‘रेड जोन’मा राखेको हो । यो सँगै अव बहराइनको रेड जोनमा दक्षिण एशियाका नेपालसहति बंगलादेश, भारत, पाकिस्तान, श्रीलंका र भियतनाम रहेका छन् ।

 ‘रेड जोन’मा रहेका देशहरुबाट बहराइन जाने यात्रुले ४८ घण्टा अगाडिको कोरोना भाइरस परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ । भने कम्तीमा १४ दिन क्वारेन्टिन बस्नु पर्ने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया