लामो दूरीको सार्वजनिक सवारी साधन खुल्दै, निषेधाज्ञाबारे उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु आज बैठक बस्दै

४ बर्ष अगाडि

काठमाडौँ - लामो दूरीको सार्वजनिक सवारी साधन खुलाउँदै काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेरि थप्ने तयारी भएको छ ।

यसका लागि आज दिउँसो १ बजे काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निर्णय हुँने बताइएको छ । लामो दुरीका गाडी खोल्ने या नखोल्ने भन्नेमा आज निर्णय हुने बताइएको छ । हवाइ उडानसमेत खुलेपछि यातायात व्यवसायीले लामो दूरीका गाडी खुलाउन दबाब दिँदै आएका छन् ।

फेरि संक्रमण बढ्दै गएपनि खोप लगाउनेक्रम बढेकाले अझै खुकुलो बनाएर जनजीवनसँगै आर्थिक जीवन पनि सहज बनाउने भन्नेमा प्रजिअहरु एकमत छन् । तथापि यसको आधिकारिक निर्णय काठमाडौँ जिल्ला प्रशासनमा आज हुने बैठकले टुंगो लगाउने बताइएको छ । 

काठमाडौँ उपत्यकाभित्र २५ सिटभन्दा बढीका सार्वजनिक यातायात यसअघिबाटै सञ्चालन आएका छन् । बैशाख १६ देखि जारी निषेधाज्ञा असार ३१ गते राति १२ बजे सकिँदै छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया