काठमाडौं - झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक ९भ्याट बिल० जारी गरेर राजस्व छलि गर्ने तीन वटा फर्मका सञ्चालक तथा कारोबारीविरुद्ध ६६ करोड बढी बिगो दाबी गर्दै राजश्व अनुसन्धान विभागले मुद्दा दर्ता गरेको छ ।
विभागले रौतहटको साविक ब्रह्मपुर गाविस–७ को मनिराज सप्लायर्स र रौतहटकै साविक तेजपाकड गाविस–५ ठेगाना भएको शिव ट्रेडर्स र अल्का सप्लायर्सका सञ्चालक तथा कारोबारीविरुद्ध ६६ करोड ८६ लाख ७३ हजार ४३८ रुपैयाँ बिगो दाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
विभागका अनसार मनिराज सप्लायर्सका प्रोप्राइटर र मुख्य कारोबारीले भ्याटतर्फ १५ करोड ८४ लाख १७ हजार ३०७ र कायकरतर्फ २५ करोड ६७ लाख १४ हजार ५४७ रुपैयाँ गरी ४१ करोड ५१ लाख ३१ हजार ८५४ रुपैयाँ राजस्व छलि गरेका विभागको भनाइ छ ।
विभागका अनुसार मनिराज सप्लायर्सका प्रोप्राइटर राज देवी तथा उक्त फर्मका मुख्य कारोबारी गर्ने व्यक्ति राजाराम महतोले मालबस्तु स्थानीय खरिद तथा आयात नगरी झुटो खरिद देखाइ विभिन्न फर्महरुलाई बिक्री विजक मात्रै जारी गर्ने गरेको देखिएको छ । विभागले उनीहरुविरुद्ध ४१ करोड ५१ लाख ३१ हजार ८५४ रुपैयाँ बिगो कायम गर्दै बिगोको दोब्बरसम्म जरिवाना र ३ वर्षसम्म कैद सजाय मागदाबी गरेको छ ।
त्यस्तै, शिव ट्रेडर्सका प्रोप्राइटर तथा अल्का सप्लायर्सका मुख्य कारोबारी ओमप्रकाश सिंह भुमिहारविरुद्ध २५ करोड ३५ लाख ४१ हजार ५८४ रुपैयाँ बिगो दाबी गरेर उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ । उनीहरुले भ्याटतर्फ ७ करोड ४५ लाख ८६ हजार ४९० रुपैयाँ र आयकरतर्फ १७ करोड ८९ लाख ५५ हजार ९४ रुपैयाँ गरी २५ करोड ३५ लाख ४१ हजार ५८४ रुपैयाँ बराबरको राजस्व छलि गरेका देखिएको छ ।
प्रतिक्रिया