ललिता निवास प्रकरणमा गच्छदारसँग अदालतले माग्यो १० लाख धरौटी

४ बर्ष अगाडि

काठमाडौं– ललिता निवास जग्गा प्रकरणमा पूर्वमन्त्री विजयकुमार गच्छदारसँग विशेष अदालतले १० लाख रुपैयाँ धरौटी वा सो बराबरको बैंक ग्यारेन्टी माग गरेको छ । ललिता निवासको जग्गा व्यक्तिको नाममा ल्याउने क्रममा कैफियत देखिएका पूर्वमन्त्री गच्छदार आज विशेष अदालतमा हाजिर भएका थिए । विशेष अदालतको फरार सूचीमा रहेका गच्छदार काँग्रेस नेतत्वको सरकार गठन भएलगत्तै बुधबार बिहानै विशेष अदालतमा हाजिर भएर बयान दिएका हुन् । बिहान १० बजे उनी विशेष अदालतमा हाजिर भएर बयान दिएका थिए । 

गतवर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवास जग्गा प्रकरणमा १७५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । त्यसमा पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारको नामसमेत उल्लेख थियो । गच्छदारविरुद्ध विशेष अदालतले ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया