२०९ किलो गाँजासहित छुट्टाछुट्टै ठाउँबाट तीन जना पक्राउ

४ बर्ष अगाडि

काठमाडौं, मकवानपुरमा २०९ किलो गाँजासहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ट्रकका चालक भारत मोतिहारी बस्ने ३० वर्षीय रविन्द्र राय र सहचालक सोही ठाउँ बस्ने ३१ वर्षीय मुक्तार सैफिक रहेका छन् ।

हेटौंडाबाट बारातर्फ जाँदै गरेको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित पूर्व–पश्चिम राजमार्गमा बीआर ०१ जीजी ९४९५ नम्बरको भारतीय ट्रकबाट १६९ किलोग्राम अवैध लागूऔषध गाँजा सहित प्रहरीले पक्राउ गरेको हो ।
 
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ट्रकमा लुकाइ ल्याउँदै गरेको गाँजा सहित २ जनालाई पक्राउ गरेको हो ।

यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीस्थित पूर्व–पश्चिम राजमार्गमा ना।६ ख ३७४१ नम्बरको कन्टेनरबाट ४० किलो अवैध लागूऔषध गाँजा सहित नुवाकोट बेलकोटगढी नगरपालिका–४ बस्ने १९ वर्षीय दिपक गुरुङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया