काठमाडौं, अभिनेता आमिर खान आफ्नो फिल्म ‘लाल सिंह चड्डा’रिलिज अघि नै विवादमा तानिएको छ ।
यो फिल्मको पछिल्लो सुटिङ लद्दाखको वाखा गाउँमा भएको थियो । फिल्म युनिटले त्यहाँ फोहोर गरेको भिडियो सामाजिक सञ्जालमा आएपछि अहिले भाइरल भइरहेको छ । यो भिडियो जिग्मत लद्दाखी नामक ट्वीटर प्रयोगकर्ताले पोस्ट गरेका छन् । जुन भिडियोमा उक्त गाउँमा फोहोर जम्मा भएको देख्न सकिन्छ ।
‘लद्दाखको वाखा गाउँबासीका लागि बलिउड स्टार आमिर खानले दिएको उपहार हो । जुन उपहार फिल्म ‘लाल सिंह चड्डा’ निर्माण युनिटले छोडेको हो । आमिर आफैं सत्यमेव जयतेमा पर्यावरणको सफाई गर्नुपर्ने ठूला कुरा गर्छन । जब आफ्नो कुरा आउँछ, अनि यस्तै हुन्छ’, उनले लेखेका छन् ।
अर्का प्रयोगकर्ताका अनुसार लद्दाखको कारगिल जिल्लामा रहेको यो गाउँ हाल डम्पिङ साइट जस्तै भएको छ । जहाँ प्लाष्टिकका बोतल र फोहोर थुप्रिएको छ ।
प्रतिक्रिया