पूर्व प्रधानमन्त्रि निवासमा प्रधानमन्त्रि देउवा

४ बर्ष अगाडि

काठमाडौं– पूर्व प्रधानमन्त्रि तथा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्रि शेरबहादुर देउवा कोटेश्वरमा पुगेका छन्। 

नेता नेपालसँग छलफल गर्न प्रधानमन्त्रि  देउवा नेपालनिवास कोटेश्वर पुगेका हुन्। 

नेता नेपालले देउवा नेतृत्वको सरकार बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। प्रधानमन्त्री नियुक्त भएपछि देउवाले पहिलोपटक निवासमै पुगेर नेता नेपालसँग भेट गरेका हुन्। 

मंगलबार प्रधानमन्त्रिको शपथग्रहणलगत्तै नेपालले देउवालाई पहिलो बधाई दिएका थिए। 

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रि केपी शर्मा ओलीको कदमविरुद्ध उत्रिएर देउवालाई प्रधानमन्त्रि बनाउन नेपालसहित एमालेका २३ सांसदले हस्ताक्षर गरेका थिए। 

देउवाले नेता नेपाललाई सरकारमा आउन आग्रह गरिसकेका छन्। 

४ बर्ष अगाडि

प्रतिक्रिया