एचआईडिसीएलले ११ अर्ब बराबरको हकप्रद शेयर निष्काशन गर्दै, कहिलेबाट दिन सकिने आवेदन ?

४ बर्ष अगाडि

काठमाडौं,  हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल)ले साउन ५ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।  कम्पनीले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत अर्थात १ः१ को अनुपातमा ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले हकप्रद निष्काशनको अनुमति माग गर्दै चैत्र १२ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा बोर्डले जेठ ९ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएकोथियो ।  

हकप्रद शेयर  निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । लगानीकर्ताले साउन २५ गतेसम्म हकप्रदमा आवेदन दिन सक्ने छन् । कम्पनीले हकप्रद निष्काशनको लागि जेठ २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जेठ २७ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया