सर्वोच्चको आदेश : २०७८ को निर्वाचन कार्यतालिका रद्द

४ बर्ष अगाडि

काठमाडौं, निर्वाचन आयोगले निर्वाचन सम्बन्धि सम्पूर्ण कार्यक्रम रद्द गरेको छ  । सर्वोच्च अदालतको आदेश अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को निर्वाचन कार्यतालिका रद्द गरिएको हो ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिदिएसंगै आयोगले निर्वाचनको कार्यतालिका रद्द भएको हो  ।  मन्त्रिपरिषद्को जेठ ८ को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिले निर्णय गरेकी थिईन्  । 

निर्वाचन आयोगले सम्मानीत सर्वोच्च अदालतबाट असार २८ मा भएको आदेश बमोजिम आगामी कात्तिक २६ गते शुक्रबारका दिन पहिलो चरणमा र मंसिर ३ गते शुक्रबारका दिन दोस्रो चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को लागि आयोगबाट यही असार २१ मा स्वीकृत भएको निर्वाचन कार्यतालिका रद्द गर्ने निर्णय गरिएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया