सार्वजनिक यातायातको भाडा २८ प्रतिशतले बढ्यो

४ बर्ष अगाडि

सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको हो ।

यातायात व्यवस्था विभागलेको प्रतिवेदनअनुसार गत असार २७ गते तत्कालिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर कायम गरीएको हो  । 

पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर भाडा बढाएको  प्रतिवेदनमा उल्लेख रहेको छ । 

सरकारले यात्रुवाहक सवारीमा २८ प्रतिशत भाडा वृद्धि गरेको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशत वृद्धि गरिएको छ ।

बढेको भाडा असार २९ गतेदेखि लागू गर्ने निर्णय रहेको  छ  

४ बर्ष अगाडि

प्रतिक्रिया