काठमाडौं, ६ जीवन बीमा कम्पनीहरु आइपीओ निष्काशन गर्ने तयारीमा रहेका छन ।
सिटिजन लाइफ इन्स्योरेन्स,आईएमई लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, सन् नेपाल लाइफ इन्स्योरेन्स, महालक्ष्मी लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स ३ अर्ब ७५ करोड रुपैयाँको आइपीओ निष्काशन प्रक्रियामा रहेका छन् ।
हाल सबैभन्दा धेरै एक अर्ब ७५ करोड रूपैयाँ चुक्ता पूँजी रहेको सिटिजन लाइफ इन्स्योरेन्सले ७५ करोड रूपैयाँको आईपिओ निष्काशन गर्ने तयारी गरेको छ ।
आईएमई लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, सन् नेपाल लाइफ इन्स्योरेन्स, महालक्ष्मी लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सले समान ६० करोड बराबरको आईपिओ निष्काशन गर्ने तयारी गरेका छन् ।
प्रतिक्रिया