धुलिखेल नगरपालिकाकाद्वारा १.१५ अर्ब बजेट सार्वजनिक, साढे ३३ करोडभन्दा बढी राजस्व संकलन गर्ने अनुमान

४ बर्ष अगाडि

काठमाडौं, धुलिखेल नगरपालिकाले नवौँ  नगर सभा मार्फत बजेट सार्वजनिक गरेको छ । नगरले असार ७ गते आ।व। ०७८/०७९ को बजेट नगर सभाहलमा मार्फत सार्वजनिक गरेको हो । उक्त सभाले १ अर्ब १५ करोड १५ लाख बराबरको बजेट सार्वजनिक गरेको हो ।

नगरले काभ्रेको धुलिखेल नगरपालिकाले सुन्दर पर्यटकीय गन्तव्यको विकास गर्ने लगायतका योजना सहित आफ्नो नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । तत्कालीन उपप्रमुख साथै जिल्लामा पार्टी नेतृत्व तहमा समेत रहेर अनुभवी युवा नेतृत्व असोक व्यञ्जुले एक औपचारिक कार्यक्रमका बजेट सार्वजनिक गरेका हुन ।

धुलिखेल नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९मा विभिन्न शीर्षबाट साढे ३३ करोडभन्दा बढी राजस्व संकलन गर्ने अनुमान गरेको छ । नगरले आव ०७८/०७९ मा रु.३३ करोड ७३ हजार ९७ हजार कुल राजस्व संकलन हुने अनुमान गरेको छ । नगरले ०७८ को जेठ मसान्तसम्म रु.१८ करोड ८१ लाख ३७ हजार ३२१ राजस्व संकलन गरेको हो ।

धुलिखेल नगरपालिकाको आय व्ययको प्रक्षेपण अनुसार नगर आन्तरिक राजस्वबाट रु। ६ करोड राजस्व संकलन गर्न अनुमान गरेको छ । जेठ मसान्तसम्ममा रु ४ करोड ८ लाख ८२ हजार १८७ आन्तरिक राजस्व संकलन भएको छ । यस्तै, नगरले ०७८/०७९ मा राजस्व बाडँफाडँबाट प्राप्त रकम १४ करोड १७ लाख २९ हजार हुने अनुमान गरेको छ भने ०७ को जेठ मसान्त सम्ममा राजस्व बाडँफाडँबाट प्राप्त रकम १० करोड ५० लाख १३ हजार रहेको छ । 

यस्तै, ०७८ को जेठ मसान्तसम्म रु.५९ करोड ६ लाख ३७ हजार ५४६ कुल आम्दानी गरेको नगरले आव ०७८/०७९ को अन्तिमसम्म १ अर्ब १५ करोड १५ लाख कुल आम्दानी गर्न प्रस्तावित अनुमान गरेको छ । यसैगरी, नगरले रु ६ करोड आन्तरिक राजस्व संकलन गर्ने अनुमानमा सम्पत्ति करबाट रु.१ करोड २५ लाख राजस्व संकलन गर्ने अनुमान गरेको छ भने जेठ मसान्त सम्ममा रु.१ करोड ४ लाख ५२ हजार आन्तरिक राजस्व संकलन भएको छ ।

त्यसैगरी, भूमिकर मालपोतबाट रु. १ लाख, घरबहाल करबाट रु. ४० लाख, बहाल बिटौरी घर जग्गा करबाट रु।२० लाख, सवारी साधन कर(साना सवारी) बाट रु.१ लाख, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट रु.२० लाख, सरकारी सम्पत्ति वहालबाट प्राप्त आय रु.७ लाख, विद्युत सेवा शुल्कबाट रु.८ लाख, अन्य सेवा शुल्कबाट रु.६० लाख, न्यायिक दस्तुरबाट रु. ५० हजार, अन्य प्रशासनिक सेवा शुल्क रु.१२ लाख, पार्किङ शुल्कबाट रु. १८ लाख, नक्सापास दस्तुरबाट रु.१ करोड २० लाख, सिफारिस दस्तुरबाट रु.७५ लाख, व्यक्तिगत घटना दर्ता दस्तुरबाट रु.५० हजार, नाता प्रमाणित दस्तुरबाट रु.१ लाख, अन्य दस्तुरबाट रु.२० लाख, व्यवसाय दर्ता तथा नवीकरण दस्तुरबाट रु.४ लाख, रेडियो सञ्चालन दस्तुरबाट रु.१ लाख, प्रशासनिक दण्ड, जरिवाना र जफतबाट रु.१५ लाख, धरौटी सदस्याहाबाट रु.१ लाख, अन्य राजस्वबाट रु.५ लाख, व्यवसाय करबाट रु. ४० लाख र बेरुजुबाट रु.५ लाख राजस्व संकलन गर्ने नगरले प्रस्तावित अनुमान गरेको छ ।

त्यस्तै, राजस्व बाडँफाडँबाट प्राप्त रकम रु.१४ करोड १७ लाख २९ हुने अनुमान गरेको नगरले बाँडफाडँ भई प्राप्त हुने मूल्य अभिवृद्धि करबाट रु. ३ करोड ५६ लाख ३९ हजार ५ सय रकम प्राप्त हुने अनुमान गरेको छ ।

नगरले बाडँफाडँ भई प्राप्त हुने मूल्य अन्त शुल्क ३ करोड ५६ लाख ३९ हजार  ५ सय हुने प्रस्तावित अनुमान गरेको छ । यसैगरी, बाडँफाडँबाट प्राप्त हुने विज्ञापन कर रु. २ लाख, दहत्तर बहत्तरको बिक्रीबाट प्राप्त हुने आय रु.२ लाख ५० हजार, घरजग्गा रजिष्ट्रेशन दस्तुरबाट रु. ५ करोड र सावरी साधन करबाट रु. २ करोड रकम प्राप्त हुने अनुमान गरेको छ ।

नगरले अन्य आयबाट ०७८/०७९मा रु.१३ करोड ५६ लाख ६८ हजार कुल आम्दानी हुने अनुमान गरेको छ र ०७८ को जेठ मसान्तसम्ममा नगरले रु. २ करोड ७४ लाख ८४ हजार रकम अन्य आयबाट आम्दानी गरेको छ । हाल नगरले ०७८/०७९ मा वित्तिय समानीकरण अनुदानबाट रु. १२ करोड ६१ लाख आम्दानी गरेको छ । प्रदेश सरकारबाट प्राप्त अनुदानबाट रु.६ करोड ७४ लाख ७० हजार आम्दानी हुने नगरको प्रस्तावित अनुमान रहेको छ । नगरले प्रदेश सरकारबाट प्राप्त अनुदानबाट जेठ मसान्त सम्ममा रु. ४ करोड ६३ लाख ५ हजार रकम संकलन गरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया