काठमाडौं - पार्टी विभाजन रोक्न खोज्दा केही दलका नेताबाट धम्की आएको नेकपा एमालेका उपाध्यक्ष भीम रावलले बताएका छन् ।
बुधबार एक प्रेस विज्ञप्ति निकाल्दै नेता रावलले पार्टी मिलाउन आफूले अडानयुक्त पहल गर्दा षडयन्त्रमूलक ढंगले भारतीय गुप्तचरसँग भेटेको तथा केपी ओलीले कार्यवाहक अध्यक्ष बनाउने आश्वासन दिएको जस्ता कुप्रचार गरिएको भन्दै दुःख व्यक्त गरेका छन् ।
रावलले भनेका छन्, ‘मेरोविरुद्ध उक्त प्रकारको कुप्रचार असार २७ गते नै किन गरियो भन्नेतर्फ विश्लेषण गर्दा कार्यदलमा नेकपा ९एमाले०लाई विभाजनबाट रोक्नका लागि प्रयास नगर्न केही राजनीतिक दलका नेताहरुबाट मलाई आएका दबाब र धम्कीयुक्त फोनको स्मरण हुन्छ ।’
साथै उनले आफूमाथि दबाब दिनेहरुको पर्दाफास गरिदिने चेतावनी पनि दिएका छन् । उनले भनेका छन्, ‘नेकपा ९एमाले० कतै विभाजनबाट रोकिने पो भयो कि भनी कतिपयलाई देखिने र बुझिने गरी लागिरहेको रिंगटाको पर्दा उघारी दिनुपर्छ कि जस्तो पनि लाग्छ ।’
प्रतिक्रिया