स्कटिङ्ग र नारा जुलुससहित बालुवाटारबाट बालकोटका लागि निस्किए ओली

४ बर्ष अगाडि

काठमाडौं - निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट बाहिरिएका छन् । प्रहरीको स्कर्टिङसहित ओली बालुवाटारबाट बालकोटका लागि निस्किएका हुन् ।

सरकारी निवास भित्रबाटै नेकपा एमालेका कार्यकताहरु ओलीको गाडीको पछाडि हर्न बजाउँदै निस्किएका छन् ।

युवा संघले ओलीलाई मोटरसाइकल र गाडीको स्कर्टिङसम्म बालकोटमा स्वागत गर्ने तयारी गरेको छ । युवा संघका कार्यकर्ताहरुले र्‍यालीका क्रममा न्यायालयविरुद्ध समेत नाराबाजी गरेका थिए।

४ बर्ष अगाडि

प्रतिक्रिया