नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

४ बर्ष अगाडि

काठमाडौं,  नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरमा आवेदन दिने आज (बुधबार) अन्तिम दिन रहेको छ  ।

कम्पनीकोे ७६ हजार ५० कित्ता संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको जनाएको छ । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य १ हजार २२ रुपैयाँमा यो शेयर बिक्रीमा ल्याएको हो लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 
 
यो शेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ टेकु, काठमाडौँमा पुग्नेगरी आवेदन दिनु पर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया