निर्धन उत्थान लघुवित्तको  १३% बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा

४ बर्ष अगाडि

काठमाडौं, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुको डिम्याट खातामा  बोनस शेयर जम्मा गरेको छ। लघुवित्तले शेयरधनीहरुको १३ प्रतिशत बोनस शेयर  डिम्याट खातामा जम्मा गराएको हो ।

लघुवित्तले २०७७ फागुन १० गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको खातामा सो दरमा बोनस शेयर जम्मा गरेको हो। सो अवधिसम्म भौतिक शेयर धारण गरेका शेयरधनीहरुलाई लघुवित्तले शीघ्र शेयर अभौतिकीकरण गराई आफ्नो खाताको विवरण बुझाउन अनुरोध गरेको छ।

२०७७ फागुन २५ गते सम्पन्न लघुवित्तको २२ औँ वार्षिक साधारण सभाले सो दरमा बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

४ बर्ष अगाडि

प्रतिक्रिया