प्रि ओपन सेसन : ११ अंकले बढ्यो नेप्से

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको चौथो दिन (बुधबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ११ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार १६.३४ अंक बढेर २८७१.०३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ११.०३ अंक बढेर २८८२.०७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.८४ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ३५ कम्पनीको शेयर खरिदबिक्री भएको छ। जसमध्ये २३ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ७ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया