अमेरिकामा नेपाली युवाद्वारा  सहकर्मीको  गोली हानि हत्या

४ बर्ष अगाडि

अमेरिकामा नेपाली युवकले सहकर्मीको  गोली हानि हत्या गरेका छन् । अमेरिकाको न्यु जर्सीमा मिलन घिमिरेले आफूसँगै काम गर्ने सहकर्मीको ५६ वर्षीय फु सेवाङको गोली हानी हत्या गरेका हुन् । 

घटना सोमबार राति स्थानीय समय ९ बजे भएको थियो । घटना लगत्तै प्रहरीले २४ बर्षीय घिमिरेलाइ पक्राउ गरेको छ । 

घटनास्थलमा पुग्दा पुलिसले  सेवाङको  शरीरभरि थुप्रै गोलीको निशान सहित मृत अवस्थामा फेला पारेको थियो । घिमिरे सेवाङसँगै एक ग्यास स्टेसनमा काम गर्थे । उनलाई न्यु योर्क पुलिस विभागले हिरासतमा लिएको छ । 

यस्तोमा घिमिरेमाथि अहिले ‘फस्र्ट डिग्री मर्डर’ सहित अवैध हतियार बोकेको र प्रमाण हेरफेर समेतको मुद्दा लागेको छ । हाल उनलाई न्युयोर्क सिटीमा कारबाही सम्बन्धी फैसला अघि बढाउन राखिएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया