२२ सदस्यीय मन्त्रिमण्डल गठन, को- को बने मन्त्री ? (सूचीसहित)

७ बर्ष अगाडि

काठमाडौँ, २ चैत - राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज संविधानको धारा ७६ को उपधारा (९) बमोजिम केही नयाँ मन्त्री नियुक्ति र जिम्मेवारी हेरफेर गरी २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी छन्  । 

राष्ट्रपति कार्यालय, शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ दिलाइन्  । सोही अवसरमा प्रधानमन्त्रीसमक्ष नवनियुक्त राज्यमन्त्रीले समेत आजै पद तथा गोपनीयताको शपथ लिएको राष्ट्रपति कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीले जानकारी दिए  । गत फागुन ३ गते प्रधामन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री ओलीको अध्यक्षतामा रहेको मन्त्रिपरिषद् फागुन १४ गते विस्तार भएको थियो । 

मन्त्रिपरिषद्को कार्यविभाजन 

 

क्र.सं.

नाम, थर

पद

कार्यविभाजन

  1.  

श्री के.पी.शर्माओली

प्रधानमन्त्री

सहरी विकास र स्वास्थ्य तथा जनसङ्‌ख्या ।

  1.  

श्री ईश्वर पोखरेल

मन्त्री

रक्षा ।

  1.  

श्री रामबहादुर थापा

मन्त्री

गृह ।

  1.  

श्री प्रदीपकुमार ज्ञवाली

मन्त्री

परराष्ट्र ।

  1.  

श्री बर्षमान पुन

मन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइ।

  1.  

श्री गिरिराजमणि पोखरेल

मन्त्री

शिक्षा, विज्ञान तथा प्रविधि ।

  1.  

श्री मातृकाप्रसाद यादव

मन्त्री

उद्योग, वाणिज्य तथा आपूर्ति ।

  1.  

श्री रघुबीर महासेठ

मन्त्री

भौतिक पूर्वाधार तथा यातायात ।

  1.  

श्री गोकर्ण विष्ट

मन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षा ।

  1.  

श्री शक्तिबहादुर वस्नेत

मन्त्री

वन तथा वातावरण ।

  1.  

श्री लालबाबु पण्डित

मन्त्री

सङ्घीय मामिला तथा सामान्य प्रशासन ।

  1.  

श्री थममाया थापा

मन्त्री

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक ।

  1.  

डा. युवराज खतिवडा

मन्त्री

अर्थ ।

  1.  

श्री जगतबहादुर सुनार (विश्वकर्मा)

मन्त्री

युवा तथा खेलकुद ।

  1.  

श्री रविन्द्रप्रसाद अधिकारी

मन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन ।

  1.  

श्री शेरबहादुर तामाङ

मन्त्री

कानुन,न्याय तथा संसदीय मामिला।

  1.  

श्री चक्रपाणी खनाल

मन्त्री

कृषि, भूमि व्यवस्था तथा सहकारी ।

  1.  

श्री बीना मगर

मन्त्री

खानेपानी ।

 

 

  1.  

श्री पद्माकुमारी अर्याल

राज्यमन्त्री

स्वास्थ्य तथा जनसङ्‌ख्या ।

  1.  

श्री गोकुलप्रसाद वाँस्कोटा

राज्यमन्त्री

सञ्‍चार तथा सूचना प्रविधि ।

  1.  

श्री धनबहादुर बुढा

राज्यमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन ।

  1.  

श्री रामकुमारी चौधरी

राज्यमन्त्री

कृषि, भूमि व्यवस्था तथा सहकारी ।

७ बर्ष अगाडि

प्रतिक्रिया