काठमाडौं - निवर्तमान मन्त्री वसन्तकुमार नेम्वाङ पाँच मन्त्रालयबाट आज बिदाई भएका छन् । उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, सहरी विकास मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २०७६ मंसिर ५ गते संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारी पाएका थिए । त्यस्तै २०७६ फागुन ८ गतेबाट २०७७ असोज २९ गतेसम्म माननीय वसन्तकुमार नेम्वाङ्ले सहरी विकास मन्त्रालयको समेत नेतृत्व गरेका थिए ।
त्यसैगरी २०७८ असार ११ गतेबाट २०७८ असार २९ गतेसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, शहरी विकास मन्त्रालय, कृषि तथा पशुपन्छी मन्त्रालय र खानेपानी विकास मन्त्रालय समेतको नेतृत्व गरेका थिए ।
उनले जिम्मेवारी सम्हालेका सबै मन्त्रालयका सचिव तथा उच्च अधिकारीहरूले आज आआफ्नो मन्त्रालयमा औपचारिक कार्यक्रमको आयोजना गरि बिदाई भएका हुन् ।
प्रतिक्रिया