काठमडौं– नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । हिजो दिउँसो १ बजे बस्ने भनिएको बैठक स्थागित भए पछी बैठक आज बस्ने भएको हो ।
बैठकमा अध्यक्ष केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपाल समूहप्रति आक्रमक रुपमा प्रस्तुत हुने अनुमान गरिएको छ । आजकै बैठकबाट माधव समूह विरुद्ध निर्णय हुनसक्ने एमाले नेताहरुले अनुमान लगाएका छन् ।
प्रधनमन्त्रीका रुपमा अन्तिम सम्बोधनका क्रममा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउने नेपाल समूहप्रति कडा शब्दमा खेद प्रकट गरेका थिए ।
आन्तरिक विवादमा रहेको एमाले सर्वोच्च अदालतले ओलीलाई हटाउँदै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि झनै जटिल मोडमा पुगेको छ ।
प्रतिक्रिया