अब सवारीसाधनको विवरण नागरिक एपबाटै

४ बर्ष अगाडि

काठमाडौं - अब सवारीसाधनको जानकारी, कर बक्यौता र कर दाखिलाकोे विवरण नागरिक एपबाटै हेर्न सकिने भएको छ । 

यसअघि पहिलो चरणमा एन्ड्रोइड भर्सनमा मात्र सुविधा थियो । आईओएसमा नयाँ अपडेटसँगै यातायात कार्यालयमा रहेको आफ्नो सवारीसाधनको विवरण, चुक्ता गरिसकेको तथा चुक्ता गर्न बाँकी कर विवरण तथा अन्य जानकारी हेर्न सकिने भएको हो । 

नागरिक एपको नयाँ अपडेटमा देखिने ‘सवारी कर’ अन्तर्गत उक्त सुविधा उपलब्ध हुने राष्ट्रिय सूचना प्रविधि केन्द्रले बताएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया