काठमाडौं - कोरोना महामारीमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका खर्चको विवरण सार्वजनिक गर्ने निर्णय नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको छ ।
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहणपछि मंगलबार बेलुकी राखेको पहिलो मन्त्रिपरिषद बैठकले ओली सरकारले कोरोना महामारीमा गरेका खर्चको विवरण सार्वजनिक गर्ने निर्णय गरेको हो ।
कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि यसअघिको सरकारले गरेको खर्च सार्वजनिक गर्ने निर्णय भएको बताइएको छ । साथै कोरोना भाइरसको नियन्त्रण, रोकथाम र उपचारलाई प्रभावकारी रूपमा अगाडि बढाउन सरकारले विशेष सल्लाहकार नियुक्त गर्ने भएको छ ।
सल्लाहकारले सरकारको काम कारबाहीलाई व्यवस्थित रूपमा अगाडि बढाउन सहयोग गर्ने बताइएको छ ।
प्रतिक्रिया