काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले एमालेभित्रका २३ जनाको गद्दारीका कारण एमाले सरकार ढलेको आरोप लगाएका छन् ।
आज बिहानै ट्वीट गर्दै थापाले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई समेत कांग्रेस सभापति शेरबहादुर देउवाको वैशाखी बनेको भनेका छन् ।
साथै थापाले २३ गद्दारीको परिणाम भन्दै वरिष्ठ नेता नेपालसहित झलनाथ खनाल, डा।भिम रावल, रामकुमारी झाँक्री, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, सोमप्रसाद पाण्डे, विरोध खतिवडा, मेटमणि चौधरीलगायत २३ जनाको नाम सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया