जादा जादै उपप्रधान तथा अर्थमन्त्री पौडेलले दिए धन्यवाद

४ बर्ष अगाडि

काठमाडौं– उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिएका छन् । 

अर्थ मन्त्रालय, गृह मन्त्रालय, उर्जा, जलस्रोत तथा  सिँचाई मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित छुट्टा÷छुट्टै बिदाई कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले जिम्मेवारीमा रहँदा सबैको साथ र सहयोगमा मुलुक र जनताका पक्षमा कैयौं दुरगामी काम गर्न सकेको बताए ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले आफूलाई जस्तै अब आउनुहुने मन्त्रीहरुलाई पनि साथ र सहयोग गर्न कर्मचारीहरुलाई आग्रह गरेका छन्। 


 

४ बर्ष अगाडि

प्रतिक्रिया