मुलुकले नयाँ प्रधानमन्त्रीका रुपमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्राप्त गरिरहेको बेला आजै ‘नमूना युवा प्रधानमन्त्री’मा स्मृति बराल चयन भएकी छिन्। ‘सङ्घीय नमूना युवा संसद्’मा आज भएको मतदानमा कास्की पोखराकी २३ वर्षीया बराल प्रधानमन्त्रीमा चयन भएकी हुन् । उनि कूल मतको ५२ प्रतिशत ल्याई चयन भएको राष्ट्रिय युवा परिषद्का श्यामकाजी खत्रीले जानकारी दिए।
उनि आफ्ना निकटतम प्रतिद्वन्द्वी नेत्री बुढाथोकीलाई पराजित गर्दै नमूना युवा संसद्मा प्रधानमन्त्रीमा निर्वाचित भएकी हुन् । रामेछापका बुढाथोकीले ४८ प्रतिशत मत प्राप्त गरेका थिए । यसअघि २०७५ सालमा नमूना प्रधानमन्त्रीमा अशोक खनाल र २०७६ मा सञ्जीव न्यौपाने चयन भएका थिए।
प्रतिक्रिया