२३ सय जनामा कोरोना पुष्टि, सबैभन्दा धेरै काठमाडौंमा

४ बर्ष अगाडि

नेपालमा पछिल्लो २४ घण्टामा  २ हजार ३९८ जनामा संक्रमण पुष्टि भएको छ ।  ११ हजार १२ वटा नमुनामा कोरोना परीक्षण  गर्दा २ हजार ३९८ जनामा संक्रमण पुष्टि भएको हो । 

जसमा  सबैभन्दा धेरै काठमाडौंमा ४१० जना र  झापामा १४८ जना संक्रमित थपिएका छन् । त्यस्तै सुनसरीमा १११, र कास्कीमा १४६ जना संक्रमित थपिएका छन् । त्यस्तै ललितपुरमा ९७, भक्तपुरमा ८०, नुवकोट ६०, चितवनमा ५३ र मोरङमा ६० र अन्य जिल्लामा ५० जना संक्रमित थपिएका छन् । 

नेपालमा आज १२ जनाको कोरोनाका  कारण मृत्यु भएको छ । यो संगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या  ९ हजार ४१२ पुगेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा २ हजार ७८ जना कोरोना मुक्त भएका छन् । 

आजसम्म देशभर होम आइसोलेसनमा २३ हजार ४३९, संस्थागत आइसोलेसनमा २ हजार ७२२, आईसीयूमा ५८६ र भेन्टिलेटरमा १८२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया