इलाम: मृत फेला परेकी पराजुलीको हत्या भएको पुष्टि, एक जना पक्राउ

४ बर्ष अगाडि

 मृत फेला परेकी जिल्ला अदालत इलामकि कर्मचारी विमलादेवी पराजुलीको हत्या भएको पुष्टि भएको छ। 

सोही कार्यालयमा सुरक्षा गार्डका रुपमा कार्यरत ३५ वर्षीय युवराज बानियाको संग्लग्नता रहेको देखिएसँगै बानियालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका बानियाले उक्त घटनामा आफ्नो संग्लग्नता रहेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

 ४८ वर्षीया पराजुली सोमबार बिहान करिब ७ बजेतिर अदालत परिसरमा मृत फेला परेकी थिइन्।सोलुखुम्बुको सल्यान गाउँपालिका घर भएकी निरौला मृत भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

४ बर्ष अगाडि

प्रतिक्रिया