नगद १७ हजार सहित ७ जुवाडे पक्राउ

४ बर्ष अगाडि

काठमाडौं महानगरपालिका १४ कलंकीबाट सोमबार साँझ प्रहरीले ७ जनालाई तास खेलिरहेको अवस्थामा पक्राउ गरेको छ । 

प्रहरीले धादिङ सलाङ घर भएका २५ वर्षीय रेशम श्रेष्ठको तास एण्ड कटिया हाउसमा तास खेलिरहेको अवस्थामा रेशम लगायत ७ जनालाई पक्राउ गरेको हो । 

उक्त हाउसमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १७ हजार रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया