आइपिओ निष्कासन गर्ने तयारीमा नर्भिक अस्पताल !

४ बर्ष अगाडि

काठमाडौं, प्राइभेट कम्पनीबाट नर्भिक इन्टरनेशनल हस्पिटल पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । अस्पतालले भविष्यमा आफ्नो सेवालाई बिस्तार गर्ने र यो कार्यमा जनसहभागितालाई समेत सुनिश्चित गर्ने अवधारणाअन्तर्गत आफूलाई प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण गरेको हो । 

अस्पतालको नाम परिवर्तन भई  ‘नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमीटेड’ भएको छ । यसअघिको ‘नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज प्रालि’रहेको थियो ।

अस्पतालले भविष्यमा सर्वसाधारणका लागि साधारण सेयरको प्राथमिक निष्कासन(आइपीओ) गर्ने समेत जनाएको छ ।

नर्भिक अस्पताल नेपालको सेयर बजारमा सूचीकृत हुने पहिलो अस्पताल तथा मेडिकल कलेज बन्ने गरी काम अगाडि बढेको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिएका छन ।

४ बर्ष अगाडि

प्रतिक्रिया