नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । महासचिव ईश्वर पोखरेलले आज दिउसो १ बजे स्थायी कमिटी बैठक बोलाएका हुन्।
सर्वोच्च अदालतको फैसला लगायत समसामयिक राजनीतिक विषयमा धारणा बनाउन
प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताए।
सर्वोच्च अदालतले सोमबार प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गरेको थियो। त्यससँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आज साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो।
आज दिउसो १ बजे बस्ने बैठकमा नेपाललगायतका सबै स्थायी कमिटी सदस्यलाई बोलाइएको छ। नेपाल पक्षसहितको स्थायी कमिटी बैठकले समसायिक राजनीतिक अवस्थाबारे छलफल गर्ने एमाले कार्यालय सचिव तामाङले जानकारी दिए।
प्रतिक्रिया