काठमाडौं- नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको छ ।
गत चैत ५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २१ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो ।
कम्पनीले फागुन १३ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा उक्त बोनस शेयर जम्मा गरिदिएको र उक्त मिति पश्चात अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गरिने भएकाले शेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ ।
कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया